Friday May 17, 2024
BS 2081 Jestha 4
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

उपत्यकामा आजबाट पैदलयात्रु सुरक्षा अभियान शुरु

Apr 30, 2017 under National 834

उपत्यकामा आजबाट पैदलयात्रु सुरक्षा अभियान शुरु भएको छ । पैदलयात्रीलाई सुरक्षाको प्रत्याभुति दिलाउन महानगरिय ट्राफिक महाशाखाले उपत्यकाका सबै परिसर, वृत्त, प्रभाग र सामुदायिक प्रहरीसंगको सहकार्यमा यो अभियान शुरु गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त, प्रहरी नायव महानिरीक्षक बम बहादुर भण्डारीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी अभियानको शुरुवात गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अभियानको पहिलो चरणमा पैदलयात्रीलाई फुटपाथमा हिड्न र जेव्रा क्रसिङ्गबाटै सडक पार गर्न प्रोत्साहन गर्दै जनचेतना जगाउने र सम्झाई बुझाई गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आगामी जेठको पहिलो साताबाट भने पैदलयात्रीलाई कारवाही तथा जरिवाना गरिने महाशाखाले जानकारी दिएको छ । 
आर्थिक बर्ष ०६८/०६९ र ०७३/०७४ चैत्र मसान्त सम्मको तथ्याङकले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ प्रतिशत पैदलयात्री भएको देखिएको छ । यसर्थ यो अभियानले दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भुमिका खेल्ने पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

No news.
Australian Dollar to Nepalese Rs